काठमाण्डौ । ललितपुर सातदोबाटो स्थित केन्द्रिय कार्यालय रहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले बैंकको साँवा, ब्याज तथा सम्पूर्ण ऋण रकम ०८१ असार मसान्तभित्र चुक्ता गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
विभिन्न ६ वटा बैंकबाट कर्जा लिइ राज्यलाई अर्थतन्त्र र रोजगारीमा टेवा पुर्याउने उदेश्यले कृषि लगायत विभिन्न स्वदेशी तथा विदेशी खाद्य वस्तु उत्पादन तथा विक्रि वितरण गर्न उनले ऋण लिएका थिए ।
सो कर्जा सहकारी समस्यामा परेपछि बचतकर्ताको पैसा फिर्तालाई प्राथमिकता दिएर बैक तथा वित्तिय संस्थाको साँवा तथा ब्याज केही समयदेखि बुझाउन नसकेको अध्यक्ष चौलागाँइले बताए । बैंकहरुले ३५ दिने सुचना प्रकासित गरेपछि देउराली सहकारीका अध्यक्ष चौलागाइले कर्जा लिएका बैंकहरुलाई थप सकयावधि माग गरेका छन् ।
समय अवधि मागेका बैंकहरुमा प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैक, माछापुछ्र्रे बैंक, एनआइसी एसिया बैंक, राष्टिय सहकारी बैंक र सिटिजन्स बैक रहेका छन् । सहकारीका अध्यक्ष चौलागाइले बैंकहरुको ऋण समयमा तिर्न नसक्नुमा कोभिड महामारीको समस्या तथा आर्थिक मन्दी लगायतको कारण भएको बताएका छन् ।
देउराली सहकारीमा एकैपटक ठुलो मात्रामा बचतकर्ताहरुको बचत फिर्ताको चाप पर्न आएको कारण आफुहरु समस्यामा परेको, जान अन्जानमा बैंक कर्जा रकम समेतबाट बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बाध्यात्मक परिस्थीतिका कारण अहिलेको परिस्थीति सिर्जना भएको चौलागाइले बताए ।
परिस्थीतिजन्य अवस्थाको कमजोरी माथी टेकेर केही मिडिया तथा दुषित मनशाय पेरित ब्यक्तिहरुले आफुलाई अपराधी तथा ठगझै करार गरेर अर्नगल अफवाह फैलाइदिएका कारण आफु अप्ठेरोमा परेको चौलागाइले बताए ।
सयौको सङख्यामा रोजगारी दिएको, सरकारलाई बार्षिक करोडौ राजस्व तिरेको र ब्यवसायमार्फत आफनो जिवन चलाइरहेको मान्छेलाई केही समस्या आइपर्दा चौतर्फी घेराबन्दी गरिएको र समस्या सामाधानको लागि प्रयत्नशिल हुँदा पनि आफुलाई लखेटिएको उनले बताए ।
विभिन्न अप्ठेरोका बाबजुत पनि सहकारीको तर्फबाट ६ अर्ब ५० करोडमध्ये अधिकाशं रकम फिर्ता गरी अब ५४ करोड मात्र बचत फिर्ता गर्न बाँकी रहेको वास्तविकतालाई जानकारी गराउँदै सो रकम समेत आगामी पुष मसान्तसम्म फिर्ता गरिसक्ने उनले बताए ।
सो कुरा नेपाल सरकारका सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिशरहरु, अपराध अनुसन्धान महाशाखा, प्रदेश सहकारी विभाग हेटौंडा, सहकारी विभाग नयाँ वानेश्वर काठमाण्डौ समेतमा अनुरोध सहितको जानकारी गराइएको उनले बताए ।
FACEBOOK COMMENTS