काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना दुइटा न्यरोबडी विमानमा चरा ठोक्किएका कारण ग्राउन्डेड गर्नुपरेको कारण देखाउँदै यात्रुसँग क्षमा मागेको छ ।
निगमले विज्ञप्ती जारी गर्दै दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबी विमान रहेको भनी ती न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको छ ।
जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गर्यो । जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परे ।
नियमित मर्मतसम्भारका बाबजुद पनि निगमसँग भएका दुई वटा न्यरोबडी जहाजमा एकै समयमा चरा ठोकिएको कारण इन्जिनमा प्राविधिक समस्या आउँदा ग्राउन्डेड भएकोले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडानहरु सुचारु राखिएको व्यहोरा जानकारी गराउँदै निगमले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगम क्षमाप्रार्थी छ ।’
निगमको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज आज बेलुकीबाट उड्ने जनाउँदै उसले विज्ञप्तीमा लेखेको छ, ‘निगमको जहाज ग्राउन्डेड भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचार प्रति निगमको ध्यानाकर्षण भएको छ ।’
निगमका जहाजहरुको नियमित मर्मतसम्भार र इन्स्पेक्सन गर्ने क्रममा नाइनएन–एकेडब्लु जहाजको दायाँ इन्जिनको एउटा एट्रीएसन लाइनिङमा प्राविधिक समस्या देखिएकोले सोको मर्मत भइरहेको र उक्त जहाज मर्मतपश्चात आज (सोमबार) बेलुकीसम्ममा नियमित उडानमा पठाइने जानकारी निगमले यात्रुलाई गराएको छ । उसले दुइटा जहाज एकैसाथ ग्राउन्डेड हुँदा प्रभावित गन्तव्य र यात्रुको संख्याबारे जानकारी दिएको छैन ।
FACEBOOK COMMENTS