काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ३६ हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणमा यो शेयर विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र खरीद आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । खरीद आवेदन कम्पनीको केन्द्रिय कार्यालय बुटवल–१०, कालिकानगर, रुपन्देहीमा पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा आफूले खरीद गर्न चाहेको शेयर संख्या समेत खुलाउन कम्पनीले भनेको छ ।
FACEBOOK COMMENTS