काठमाडौ । कुमारी बैंकले ३ लाख ७९ हजार ७९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले ताेके वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS