काठमाडौं । राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य पशुपति शमशेर राणाले फेसियल हाउसले ब्युटीसियन काम मात्र नभएर जनचेतनामूलक काम पनि गर्दै आएको बताएका छन् ।
नेपालको एक नम्बर ब्युटी सैलुन ‘फेसियल हाउस’ले आयोजना गरेको ‘महिला सशक्तीकरण विचार गोष्ठी’ कार्यक्रममा बोल्दै उनले बताएका हुन् ।
उनले भने, ‘तीज भनेको महिलाहरुको पवित्र पर्व हो । फेसियल हाउसले यो कार्यक्रम आयोजना गर्नु नै गौरवको कुरा हो । यस्तो कार्यक्रम सञ्चालन गरिरहुन् पर्छ । फेसियल हाउस ब्युटी क्षेत्रमा मात्र सीमित नभएर विभिन्न जनचेतना मूलक कार्यक्रम गर्दै आउनु भएको छ।’
FACEBOOK COMMENTS