काठमाडौँ । एनआईसी एशिया बैंकको शुक्रबार सम्पन्न संचालक समितिको ६२९ औं बैठकले लाभांश पारित गरेको छ । बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३० दशमलव ५२६३ प्रतिशत लाभांश (३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको हो ।
बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनश शेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १ दशमलव ५२६३ प्रतिशत नगद लाभांश ( १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालयहरू, ६ सय ८ एटिएम, १ सय ९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
FACEBOOK COMMENTS