काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघका महासचिव रुपकमान महर्जनले ४४ औं साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेवारी घोषणा गरेका छन्।
असोज १९ र २० गते हुन ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारण सभाका लागि महर्जनले प्यानलसहित उम्मेदवारी दिएका हुन् । अधिवेशनमा महर्जनसँगै अध्यक्ष पदका लागि रवीन्द्र ताम्राकार र विश्व राज बज्राचार्य पनि उम्मेदवारी दिएका छन् ।
रुपकको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उद्योग उपाध्यक्षमा सुरज बज्राचार्य, वाणिज्य उपाध्यक्षमा सुनिल शाक्य, संस्थागत उपाध्यक्षमा रमेश सिंह महर्जन, महासचिवमा महेश श्रेष्ठ र कोषाध्यक्षमा राजु महर्जनले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, उद्योग तर्फ कार्य समिति सदस्यहरुमा अनिल महर्जन, आशिष शाक्य, गुण केशरी ताम्राकार, संघ रत्न डंगोल, सबुता महर्जन र सदिक्षा डंगोलको उम्मेदवारी छ भने वाणिज्य तर्फ कार्यसमिति सदस्यहरुमा प्रेमकाजी शाक्य, विक्रम बज्राचार्य, महेश्वर लाल खोसीं, राजेन्द्र लामा तामाङ, लक्ष्मी कृष्ण श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ र सुरज महर्जनले उम्मेदवारी दिएका छन् ।
रुपकले आफ्नो घोषणा पत्रमा ललितपुर जिल्लालाई हस्तकला र उद्योगको सधैंभरी राजधानीको छायाँमा परेको अवस्थामा परिवर्तन ल्याएर सबल र निर्णायक भूमिका निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएका छन् ।
FACEBOOK COMMENTS