काठमाण्डौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द प्रशासनले मनोमानी ढंगले निर्णय गर्दै प्राविधिक विज्ञ चिकित्सकहरुले ६३ बर्षसम्म काम गर्न पाउने पूर्ववत निर्णयलाई लत्याएको छ ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण मास्केलाई नियम विपरित अवकाश दिदै शहीद गंगालाल राष्ट्रि«य हृदय केन्द्र्र प्रशासनले कानुनी शासनको धज्जी उडाएको हो ।
२०७९ श्रावण २१ गतेदेखि लागुहुने सोही दिन बसेको भएको शहिद गंगालाल हृदय रोग केन्द्र संचालक समितिको बेठकले प्राविधिक विज्ञ चिकित्सकहरुको सेवा अवधि ६३ वर्ष हुने निर्णय गरेको थियो ।
त्यसो त, यसअघि पनि तालुकात मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६३ वर्षको उमेरसम्म काम गर्न पाउने भनेर प्राविधिक विज्ञ चिकित्सकका नाममा पत्र दिएको छ ।
यद्यपि, केन्दका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले बलमिच्याई गर्दै ६० वर्ष सेवा अवधि लागु गर्न खोजेका छन् । २०८० आश्विन १६ गते डा.मास्केलाई ६० वर्ष पुगेको भनेर डा। अधिकारीले अनिवार्य अवकाशको पत्र थमाउन खोजेपछि केन्द्रमा कार्यरत प्राविधिक विज्ञ चिकित्सकहरु सशंकित बनेका छन् ।
अस्पतालले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कर्मचारीहरुको सेवाका शर्त र सुविधा संबन्धी नियमावली २०५८ शंशोधन सहितको नियम १०।१ को उपनियम ३ बमोजिम केन्द्रको सेवा अवधि ६० वर्ष पश्चात अनिवार्य अवकाश हुने भएको हुदाँ भन्ने व्यहोराको पत्र केन्द्रले थमाउन खोजेपछि डा. मास्केले विरोध जनाएका छन् ।
यसअघिदेखी लागु भए बमोजिम ६३ वषसम्म काम गर्न पाउने अधिकारलार्ई स्विकार नगरि अवकाश दिन खोजिए आफू कानुनी उपचारका निम्ति जाने डा. मास्केले बताए ।
FACEBOOK COMMENTS