काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओ आज बाँडफाँट हुँने भएको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज बिहान ९ः३० बजे आईपीओ बाँडफाँट हुन लागेको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण लक्की ड्र गरेर बाँडफाँट गरिने भएको छ ।
आईपीओमा १२ लाख ४९ हजार १०७ जनाले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । १ लाख २८ हजार ४२० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी ११ लाख २० हजार ६८७ जनाको भने हात खाली हुनेछ । कम्पनीले असोज १८ देखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS