भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका एकजना व्यापारी लुटिएका छन् ।
सम्मरीमाई गाउँपालिका–६ दयानगरस्थित सेमरा सडकखण्डमा उनीसँग रहेको नगद पाँच लाख लुटिएको प्रहरीले बताएको छ ।
मर्चवारी गाउँपालिका–३, रायपुर बस्ने ५० वर्षीय व्यापारी प्रकाश बरईलाई अज्ञात समूहले हतियार देखाएर पाँच लाख ५० हजार नगद लुटी फरार रहेको प्रहरीले जनाएको छ ।
भैरहवास्थित नबिल बैंकबाट रकम झिकी घर फर्किंदै गर्दा लुटेरा समूहले आज साँझ उक्त रकम लुटेको हो ।
FACEBOOK COMMENTS