काठमाडौं – व्यवस्थापिका संसदको विकास समितिले फेसबुक र ट्वििटर जस्ता सामाजिक सञ्जालमा प्रकाशन हुने बिज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ ।
विज्ञापन गरेवापत ठुलो रकम डलरमा बाहिरिएको भन्दै समितिले सोको अध्ययन गरी फेसबुक र ट्विटरमा कर लगाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
पछिल्लो समयमा नेपालका ठुला कर्पोरेट घरनाहरुले पत्रपत्रिका र अलनलाईनको सट्टा फेसबुक र ट्विटरलगायत अन्य सामाजिक सञ्जालबाट बढी विज्ञापन गर्न थालेका छन् ।
FACEBOOK COMMENTS