काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य नाफालाई सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेर अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ ।
FACEBOOK COMMENTS