काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS