काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९५ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८५९ दशमलव २४ अंकमा आएको छ।
यो सेसनमा २ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल २२ कम्पनीको ६ सय ८५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS