काठमाडौं । देशभरका पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल ९टान० ले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा पाँच लाखभन्दा बढी रकम सहयोग गरेको छ ।
सरकारले जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते गएको भूकम्पपीडितका लागि सहयोग जुटाउन सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोेषमा टानले आज पाँच लाख पाँच हजार पाँच सय ५५ नगद सहयोग गरेको हो ।
टानका अध्यक्ष नीलहरि बाँस्तोला नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर पाँच लाख पाँच हजार पाँच ५५ को चेक हस्तान्तरण गरे ।
कार्यक्रममा टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विनोद सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिना, टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंलगायतको सहभागिता रहेको थियो ।
यसअघि सोमबारमात्र विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु १९ लाख नगद र जिन्सी सामग्री गरी झण्डै ३० लाख बराबरको सहयोग गरेका थिए ।
FACEBOOK COMMENTS