काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
आज नवौँँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय ट्रेड फेयरको कार्यक्रममा उनले नेपाली उत्पादनको निर्यात गर्न यो एक्सपोले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताएका हुन् ।
साथै, उनले यसले व्यापार तथा लगानी गर्न पनि फेयरले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै नेपालमा पर्यटन प्रर्वर्द्धन गर्न समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कच्चापदार्थ आयात र निर्यात गर्न असहज र भन्सार सुल्क बढी हुँदा मूल्य बढी भएको चर्चा गर्दै उनले भने, ‘निजी क्षेत्रको समस्यबारे जानकार नै छु । प्रदर्शनी कक्ष नभएको अवस्थामा म देशको ७ वटै प्रदेशमा एक्सपो हल बनाउन आफ्नो तर्फबाट पहल गर्ने छु ।
त्यस्तै, उनले देशको अर्थतन्त्र मन्दीमा गएको छ भनी मुलुकको अर्थतन्त्र कमजोर, बनाउनतर्फ भन्दा पनि सरकारलाई सहयोग गरेर बलियो बनाउनतर्फ लाग्न सबैलाई आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS