काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको एनएमबि बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक बर्ष २०७९/८० मा तीन अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने एक अर्ब ५० करोड रुपैयाँ वितरण योग्य नाफा गरेको थियो । यस आधारमा बैंकले आफ्नो चुक्ता पुँजी १८ अर्ब ३८ करोड रुपैयाँको ८ दशमलव १६ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य राखेको थियो ।
यद्यपि बैंकको जगेडा कोषमा ८ अर्ब ७४ करोड रुपैयाँ मौजुदा रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा
FACEBOOK COMMENTS