काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एन आई सी एशिया लघुवित्त वित्तीय सस्थाले दर्जन बढि बिद्यालयहरुका ३ सय बढि विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । संस्थाले हाल २ सय ८९ ओटा शाखामार्फत वित्तीय सेवा हरु दिँदै आएको छ ।
FACEBOOK COMMENTS