काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसेमा केन्द्रीय कार्यालय तथा काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको ४०९औँ बैठकले चार्टर्ड एकाउन्टेन्ट केसीलाई डीसीओ नियुक्त गरेको हो ।
नवनियुक्त डीसीओको कार्यकाल आगामी पुस १ गतेदेखि लागू हुने बैंकका कम्पनी सचिव पुस्कर जीसीले जानकारी दिए ।
FACEBOOK COMMENTS