काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
केन्द्रिय बैंकले १४ दिनका लागि यो उपकरण जारी गर्न लागेको हो । यसको साँवा ब्याज भुक्तानी पुस १२ गते भुक्तानी गर्न सकिने छ । यसको ब्याजदर बोलकबोल बाट हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी माग गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS