काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले हकप्रद प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ ।
पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको कालीमाटी स्थित कालीमाटी ब्याङ्क्युटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।
सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । यसले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव अघि सारेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ ।
FACEBOOK COMMENTS