लिटिल मास्टर नेपाल २०२३ को विजेता अभिशेक कृष्ण कर्माचार्य
कर्पोरट खबर
12:32 pm, सोमबार, पुस २, २०८०
काठमाडौं । लिटिल मास्टर नेपाल २०२३ को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कुलमा अध्ययनरत अभिशेक कृष्ण कर्माचार्यले जितेका छन् ।
उनले उपाधिसँगै १० हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरेका हुन् । काठमाडौंको नाचघरमा शनिवार सम्पन्न सो प्रतियोगितामा न्यु जेनिथ ईंग्लिश मोडेल स्कुलमा अध्ययनरत नबिन देवकोटाले फस्ट रनरअपको उपाधि सहित ८ हजार रुपैयाँ प्राप्त गरे ।
सोही प्रतियोगितामा रेलाईन्स रेसेदेन्सिअल स्कुलका गौरव प्रजापती सेकेन्ड रनर अप हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए ।
कलश इभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा अन्तिम १५ जना प्रतियोगीहरु थिए ।
आई आई एफ टी स्कुल अफ फेसन एंड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका नेपालको झण्डाका विषयवस्तुमा तयार परिएका पोसाकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
समाजसेवी तथा पुस्तकालय विशेषज्ञ इन्दिरा दलीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णायक मण्डलमा, यूरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, ड्रेस डिजाइनर गीता मिस्रा मिडिया व्यक्तित्व तथा सृजना सूत्रका सह संस्थापक सुबश श्रेष्ठ प्रधान, तथा गायिका अन्जिला श्रेष्ठ थिए ।
वरिष्ठ नृत्य निर्देशक तथा फेसन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीचआफूभित्र लुकेकाप्रतिभालाई प्रस्तुत गर्ने तथा नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने सुनौलो अवसर मिलेको बताए ।