काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको बजारमा नयाँ क्रान्ति ल्याउने भन्दै नेपाल भित्र्याइएको चिनियाँ प्रडक्ट बीवाईडी सिरिजको नयाँ विद्युतीय कार नेपाल ल्याइएको छ ।
नेपालमा बीवाईडी विद्युतीय कारको बिक्री र प्रवर्द्धनको जिम्मा लिए साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ कार ‘बीवाईडी सेल’ नेपाल भित्र्याएको हो ।
नयाँ कारले नेपाली प्रयोगकर्तालाई अधिकतम सुविधा दिनाका साथै प्रविधि र पर्फमेन्सको प्रतिक भएको बताइएको छ । जुन कार नवीन प्रविधि र थप गतिको सङ्गम भएकोे कम्पनीको दाबी छ ।
डायनामिक डिजाइन र उन्नत प्रविधि, पावर र पर्फमेन्स, शानदार भित्री भाग, सुरक्षा र बौद्धिक प्रविधि तथा आकर्षक मूल्यका साथै वैकल्पिक रङहरू (आर्कटिक नीलो, अरोरा सेतो र कज्मोस कालो तथा एटलान्टिस ग्रे) यो नयाँ कारको विशेषता भएको बताइएको छ ।
तीन वटा भेरियन्टमा उपलब्ध हुने यो कारको मूल्य एक करोड ५ लाखदेखि एक करोड ८५ लाख रुपैयाँ पर्छ । जस अनुसार ‘बीवाईडी सेल डाइनामिक’ को मूल्य एक करोड ५ लाख, ‘बीवाईडी सेल प्रिमियम’ को एक करोड ३९ करोड रुपैयाँ र ‘बीवाईडी सेल पर्फमेन्स’ को एक करोड ८५ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS