काठमाडौं । यातायात क्षेत्रको सुधारका लागि २०७९ माघ ११ गते पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजत्वमा गठित सात सदस्य यातायात सुझाव सुधार कार्यदलले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ ।
आज सिंहदरबारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच सो प्रतिवेदन हस्तान्तरण गरिएको हो ।
कार्यदलका सदस्यहरूलाई यातायात क्षेत्रका विभिन्न सात वटा क्षेत्रहरू, सवारी बीमा शहरी यातायात र प्रदुषण नियन्त्रण, सार्वजनिक यातायात, लाइसेन्स वितरण, दुर्घटना न्यूनिकरण, सवारी दर्ता र नवीकरणलगायतका विषयमा सुझाव दिन कार्यदल गठन गरेको थियो । कार्यदलले यातायातको क्षेत्रको सुधारका लागि विभिन्न सुझावहरू पेश गरेको छ । यद्यपि, सार्वजनिक गरिएको छैन ।
सो अवसरमा मन्त्री ज्वालाले कार्यदलको प्रतिवेदनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र आवश्यक सल्लाह तथा सुझाव समेत लिएर अगाडि बढ्ने बताए । साथै, सो अवसरमा कार्यदलका सदस्यहरूले आफ्नो विचार व्यक्त गरेका थिए । सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायाय राज्यमन्त्री नन्दा चपाई, मन्त्रालयका सचिव केशव कुमार शर्मा लगायतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS