काठमाडौँ । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ । एक कार्यक्रमबीच आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मेलाको उद्घाटन गरेका हुन् ।
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले नेपाल जुत्ता चप्पलमा अत्मनिर्भर बन्दै गएको बताएका छन् ।
‘मैले मेलाको अवलोकन गर्दा गुणस्तरीय र राम्रो जुत्ता नै देखे । नेपालको अर्थतन्त्रको अवस्था कमजोर भई रहेका अवस्थामा यसरी प्रर्दशन गर्दा सहायोग पुग्ने छ ।’ उद्योग सचिव निरौलाले भने, ‘नेपाल जुत्तामा पुर्ण रुपमा आत्म निभर छ । नेपाली उत्पादनले देश भरी धान्न त नसक्ला तर केहि समयमा त्यो पनि सम्भव छ ।’
यस्तो मेलाले नेपाली उत्पादन जुत्ताचप्पल व्यवसायको विकास र विस्तारमा ठूलो भूमिका खेल्ने बताउँदै सचिव निरौलाले नेपाली जुत्ताचप्पलको उत्पादनको खपत बढाउँन नीति नै परिमार्जन गरेर सबै सरकारी निकायमा नेपाली उत्पादन प्रयोग गर्र्नु पर्ने सर्कुलर जारी भएको जानकारी दिए ।
मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा भएको हो । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । मेलामा स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए । उनका अनुसार, मेलामा विभिन्न ब्राण्ड का झण्डै एक हजार भन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहनेछन् ।
एकै ठाउँमा विभिन्न मोडलका जुत्ता–चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने जानकारी पनि सुवेदीले दिए ।
पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुनेछ । नेपालका चर्चित ब्राण्डका जुत्ता–चप्पल उत्पादन गर्दै आइरहेका स्टेप अन फुटवेयर प्रा.लि., कम्फर्ट लेदर सुज, मध्यपुर जुत्ता उद्योग, माता पाथीभरा देवी इन्टरप्राइजेज, न्यु फेमस सुज सेन्टर प्रा.लि, राज प्लाष्टिक उद्योग, ओसियन सुज, माता पाथीभरा देवी ग्रुप अफ इन्ड्रष्टिज प्रा.लि, लेडिज र सिटिजन्स सुज लगायत कम्पनीहरूको मेलामा सहभागिता रहेको छ ।
मध्यपुर जुत्ता उद्योगका प्रोपाइटर लक्षुमण मग्रातीले उत्पादक र उपभोक्ताको दुरी मेटाउन मेला आयोजना गरेको बताएका छन् ।
‘हामिले सस्तो मूल्यमा जुत्ताचप्पाल राखेका छौँ । १५ देखि ७५ प्रतिशत सम्म छुटको व्यवस्था गरिरहेका छौँ ।’ मग्रातीले भने, ‘यहाँ आएर जुत्ता चप्पल खरिद गरि लाभ लिन सक्नु हुनेछ । यो मेला १ महिना लागदै छ । ’
उनले स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्न राज्यले भूमिका खेल्नुपर्ने धारण राखेका छन् ।
‘हामीले दैनिक ४ हजारदेखि ५ हजार जना ग्राहकले अवलोकन गर्ने अपेक्षा गरेका छौँ । र दैैनिक १ लाख रुपैयाँको जुत्ताचप्पल विक्री हुने अनुमान गरेको छौँ ।’
स्कुल, विवाह र ग्रमीको मौसमलाई लक्षित गरेर मेला आयोजना गरेका उनले बताए ।
FACEBOOK COMMENTS