काठमाडौं,फागुन २१- लुम्बिनी बिकास बैकको अगुवाईमा सांग्रिला डेभलपमेन्ट बैक लि. र गुडविल फाइनान्स लिमिटेडले बैकिङ्ग सेवाउपलब्ध गराउने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । याम्व्लिङ्ग हाईड्रोपावर प्रा.लि.द्वारा प्रवर्धित सिन्धुपाल्चोक जिल्लाको याम्व्लिङ्गखोलामा निर्माण हुने ७.२७ मेगावाट क्षमताको याम्व्लिङ्गखोला हाईड्रोपावर आयोजनाकालागी लगानी लगायत सबै किसिमका बैकिङ्ग सेवाउपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्तकार्यक्रमको अवसरमा लुम्बिनीबिकास बैक लि. का प्रमुखकार्यकारी अधिकृत नरेश सिंह बोहराले यस सम्झौताले देशको उर्जा आवश्यकतालाई केहि हदसम्म पुरा गर्ने बताए । साथै याम्व्लिङ्गहाईड्रोपावर प्रा.लि. काअध्यक्ष सुसन कर्माचार्यले निर्धारित समय भन्दा अगाडीनै उक्त आयोजना सम्पन्न गर्ने प्रतिबद्घता ब्यक्त गरिन् ।
FACEBOOK COMMENTS