काठमाडौं । युनाइटेड इदी मर्दी हाईड्रोपावर कम्पनीले बिहीबारका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । फागुन ३ गतेसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले सेयरधनीलाई गत आवको नाफाबाट ५.७८९ लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५.५० प्रतिशत र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश रहेको छ ।
सभाले उक्त प्रस्ताव पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS