काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको २ आर्थिक वर्षको साधारण सभा बोलाएका छ ।
बैंकको आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा मंगलबार चैत २७ गतेका लागि बोलाएको छ ।
सभामा सेयरधनीलाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।
बैंकले सभामा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गर्ने प्रस्ताव राखेको छ ।
सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले चैत ९ गते बुक क्लोज गरिसकेको छ । चैत ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरामा हुनेछ ।
FACEBOOK COMMENTS