काठमाडौं । वर्ष २०८१ को पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा सामान्य करेक्शन आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २ दशमलव ३५ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार २३ दशमलव ३५ विन्दुमा रोकिएको छ ।
यस दिन ३२० धितोपत्रको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँ ६२ पैसा बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । साथै एनआइसी एशिया लघुवित्तको शेयर मूल्य नौ दशमलव ७२, डोल्टी पावर कम्पनी नौ दशमलव ३५, राप्ती हाइड्रोपावर नौ दशमलव २३ र मिथिला लघुवित्तको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत बढेको छ ।
आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै हिमालयन बैंकको सामूहिक लगानी कोष चार दशमलव ४१, तेह्रथुम पावर कम्पनी चार दशमलव ३८, तारागाउँ रिजेन्सी होटल तीन दशमलव ९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य तीन दशमलव ९१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS