काठमाडौं । साताको चौथो कारोबार दिन आज बिहीबार पनि शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज १९ दशमलव ५६ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९७२ दशमलव १४ विन्दुमा रोकिएको छ ।
यस दिन ३१५ धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर ४० हजार ९१२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ ७८ पैसा बराबरको शेयर कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्सका साथै आज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा ०.८४ देखि ०.९८ प्रतिशतसम्मले घटेका छन् । यस्तै, १३ वटै उपसूचकहरू पनि राताम्मे बनेका छन् ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से १४ दशमलव ८१ अङ्कले घटेर एक हजार ९९१ द्यशमलव ७१ विन्दुमा रोकिएको थियो भने दुई अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ ५८ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका धितोपत्रमध्ये रुरु जलिविद्युत् परियोजनाको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । सो कम्पनीको शेयर मूल्यमा आज ९.९९ प्रतिशतले गिरावट आई प्रतिकित्ता ५६ रुपैयाँले घटेको छ । यस्तै, गोर्खाज फाइनान्सको शेयर मूल्यमा पनि ९.३९ प्रतिशतले गिरावट आइ प्रतिकित्ता ८५ रुपैयाँले घटेको भने सिभिल बैंक डिबेञ्चर २०८८ को शेयर मूल्यमा ८.८९ प्रतिशतले गिरावट आइ प्रतिकित्ता १०१ रुपैयाँले घटेको छ ।
आज, खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा सर्वाधिक वृद्धि आएको छ । सो कम्पनीको शेयर मूल्यमा ७.९४ प्रतिशतले वृद्धि आई प्रतिकित्ता १७ रुपैयाँ बढेको छ । यस्तै, पोखरा फाइनान्सको शेयर मूल्यमा ६.२१ प्रतिशतले वृद्धि भइ प्रतिकित्ता ३० रुपैयाँले बढेको छ ।
FACEBOOK COMMENTS