काठमाडौं । सीएफ मोटो तथा जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका तीन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार एक कार्यक्रम गरी सीएफ मोटो २५० एनके फन, २५० एसआर फन र ४५० एनके सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा बौल्दै कम्पनीका जनरल मेनेजर उज्जल जोशीले चाँडै नयाँ मोडलको मोटरसाइकल नेपाल भित्र्याउँने बताएका छन् । उनले पहिला ग्राहकले पार्टस नपाउने गुनासो सुन्ने गरेकोमा अब यो समस्या नहुने र गुणास्तरमा कुनै गुनासो नआउने बताए ।
सीएफ मोटो २५० एनके फन
२५० एनके फनमा २४९ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डीओएचसी सेटअप यूरो ५ इन्जिन रहेको छ ।
यसको इन्धन क्षमता १२.५ लिटर रहेको छ भने यो मोटरसाइकलमा ६ स्पीड गियरबक्सका साथै स्लाइी क्लच, टीएफटी डिस्प्ले, राइड मोड एबीएस जस्ता फिचर पाउन सकिन्छ ।
साथै, यसको ग्राउन्ड किलिरेन्स १५० एमएम रहेको छ । कम्पनीले यसको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
सीएफ २५० एसआर फन
स्पोर्टस डिजाइनको यो मोटरसाइकलमा २५० एनके कै इन्जिन प्रयोग गरिएको छ । यसको इन्धन क्षमता १२ लिटर रहेको छ भने ३७ एमएम टेलिस्कोपिक यूएसडी फर्क, एन्टी रिबरस क्लच, मल्टी डिस्क र एबीएस जस्ता फिचर उपलब्ध छ ।
साथै, यसको ग्राउन्ड किलिरेन्स १३५ एम्एम रहेको छ । कम्पनीले यसको मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ ।
सीएफ ४५० एनके
सीएफ ४५० एनकेमा पावर फुल ४४९ सीसी डबल सिलिन्डर प्यारलल ट्वीन इन्जिन दिइएको छ । यसको इन्धन क्षमता १४ लिटर रहेको छ भने स्लिपर क्लच, एबीएस, यूएसडी फर्क, अल एलईडी लाइट जस्ता फिचर उपलब्ध छ ।
साथै, यसको ग्राउन्ड किलिरेन्स १९२ एमएम रहेको छ । कम्पनीले यसको मूल्य ११ लाख १९ हजार ९०० रुपैयाँ तोकेको छ ।
FACEBOOK COMMENTS