काठमाडौं, चैत ५ – साढे १५ करोड रुपैयाँ बक्यौता रकम नतिर्ने रघुपति जुट मिलको बिजुली काटिएको छ । विराटनगर वितरण केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै डिटेकेटेड लाइनको साढे १५ करोड रुपैयाँ बक्यौता नतिरेपछि बाध्य भएर बिजुली काटिएको जनाएको छ ।
मिलले गएको कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको विराटनगर वितरण केन्द्रले जनाएको छ ।
मिलले बक्यौता रकम तिरेमा फेरि बिजुली जडान गरिदने प्राधिकरणले बताएको छ ।
FACEBOOK COMMENTS