काठमाडौं । साताको सुरूको दिन गत आइतबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य दुई दिनयता प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला ३०० र आज मंगलबार प्रतितोला ७०० रुपैयाँका दरले मूल्य घटेको हो । सुनको मूल्यमा आएको दुई दिनको गिरावटसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, गत आइतबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यमा आज गिरावट आए पनि चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले महङ्गिएको छ । हिजो सोमबार एक हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार ७४० रुपैयाँ कायम भएको छ ।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
साताको सुरूमै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
FACEBOOK COMMENTS