नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि अघि बढ्नुपर्ने बेला भइसकेको बताए । उनले कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको बताए । उनले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको पनि बताए । उनले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने जिकिर गरे । उनले जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको बताए।
अध्यक्ष नेपालले मदन भण्डारी र जीवराज आश्रितले छोडेर गएको जिम्मेवारीलाई पूरा गर्न आवश्यक रहेको बताए ।
FACEBOOK COMMENTS