काठमाडौं । ग्लोबल आईएमई बैंकले विद्युतीय गाडी किन्नेहरूलाई तत्काल कर्जा उपलब्ध गराउने भएको छ ।
सो सुविधाका लागि बैंक र साइमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी भएको छ ।
समझदारी अनुसार बैंकले साइमेक्स इंक तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात नियमानुसार बैकले उचित ठहर्याएका ग्राहकलाई तीन कार्यदिनभित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्ने बताइएको छ ।
ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई दृष्टिगत गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
FACEBOOK COMMENTS