काठमाडौं । न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आमनेसामने भएका छन् ।
सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो ।
महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न सुरू गरेसँगै विवाद भएको थियो ।
न्युरोडका स्थानीय अमररत्न बज्राचार्यले काठमाडौं महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि विरोध सुरू भएको बताए । महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सृजना भएको उनले जानकारी दिए ।
सडक विभागले सडक नकाट्नु भन्दाभन्दै पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अहंकारले गर्दा यो स्थिति सृजना भएको उनको भनाइ थियो । अन्य स्थानीयहरुले महानगरपालिकाको नेतृत्वले घमण्ड देखाउँदा यो स्थिति सृजनना भएको आरोप लगाए ।
महानगर प्रहरी फर्किएसँगै सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् ।
हेर्नुहोस् केही तस्बिरहरू–
FACEBOOK COMMENTS