काठमाडौं । शेयर बजार आज सामान्य अङ्कले घटेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ५ दशमलव ५८ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ७९ दशमलव ७१ विन्दुमा ओर्लिएको छ ।
यस दिन ३०६ धितोपत्रको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७३३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँ ७९ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.११% देखि ०.३४% सम्मले घटेको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये बैंक, विकास बैंक, होटेल एण्ड टुरिजम, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह घटेका छन् भने फाइनान्स, उत्पादन तथा प्रशोधन, फाइक्रोफाइनान्स, म्युच्युअल फण्ड बढेका छन् ।
अघिल्लो दिन ६ दशमलव २२ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार ८५ दशमलव ३० विन्दुमा उक्लिएको थियो । सो दिन ३१५ धितोपत्रको ८२ लाख १७ हजार ३७१ कित्ता शेयर ५३ हजार ३११ पटक खरिदबिक्री हुँदा चार अर्ब दुई करोड ९४ लाख ६८ हजार ६२४ रुपैयाँ ९१ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
