धनुषा । मधेस प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ मन्त्रिमण्डल गठन गरेका छन् ।
कूल १४ सदस्यीय मन्त्रिमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन् । साथै अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधनप्रसाद सिंह नियुक्त भए ।
साथै ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रीमा बेची लुङ्गेली, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्रीमा बिमला अन्सारी र श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी नियुक्त भए ।
साथै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा शारदादेवी थापा र विना विभागीय राज्यमन्त्रीमा रञ्जुकुमारी मण्डल खङ्ग नियुक्त भए ।