काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का नवनिर्वाचित अध्यक्ष कुमारमणि थपलियाले १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा आफू सहयोगी बनेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नाट्टाको ५७औँ वार्षिक साधारणसभा एवम् निर्वाचनबाट अध्यक्ष निर्वाचित भएसँगै उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूरा गर्न आफूले पहल गर्ने बताएका हुन् ।
उनले हवाई क्षेत्रमा भ्याट लगाउँदा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन नसक्ने पनि स्पष्ट गरेका छन् । त्यसकारण हवाई क्षेत्रमा भ्याट लगाउने व्यवस्था तत्काल खारेज गर्नुपर्ने धारणा उनको छ ।
नवनिर्वाचित अध्यक्ष थपलियाले भैरहवा र पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
नाट्टा अध्यक्षमा थपलिया निर्वाचित, को–को बने पदाधिकारी र सदस्यहरू ?
FACEBOOK COMMENTS