काठमाडौं, चैत १६- कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका एक जनाको ज्यान गएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत एक युवाको ज्यान गएको हो ।
सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको हो ।
थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएर बसेको खुल्न आएको छ ।
उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ रिपोर्ट भने आएको छैन् । उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।
FACEBOOK COMMENTS