काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीले असार २३ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । सभाले सर्वसाधारण समूह तर्फको प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्न छ ।
साधारण सभा प्रयोजनका लागि असार १२ गते बुक क्लोज गर्ने छ । असार ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।
सभा क्वालिटी ब्यांकेट, बुद्धनगर, काठमाडौंमा हुनेछ ।
FACEBOOK COMMENTS