काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो । यसअघि असार ३० गते डलरको भाउ १३४ रुपैयाँ ०१ रहेको थियो । बिहीबार डलरको खरिददर १३३ रुपैयाँ २४ पैसा, बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा रहेको थियो ।
युरो एकको खरिददर १४३ रुपैयाँ २८ पैसा बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।
बेलायती पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ४७ पैसा बिक्रीदर १७० रुपैयाँ २४ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS