काठमाडौं । सिटिजन्स बैंकले कैलालीस्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई पङ्खा सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो विद्यालयलाई २० वटा पङ्खा सहयोग गरेको हो ।
सो विद्यालय शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुलाई आवासीय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो ।
दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने मनासायले विद्यालयलाई पङ्खा सहयोग गरिएको बैंकले जनाएको छ ।
पङ्खा वितरणपछि विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
FACEBOOK COMMENTS