काठमाडौं । “मेड इन नेपाल” दुई पांग्रे विद्युतिय सवारी साधन उत्पादन गर्नका लागि सिप्रदी र यात्रीबिच रणनितिक साझेदारीका लागि सम्झौता भएको छ ।
सिप्रदी र यात्रीबिच स्वदेशमै विद्युतीय दुइ पांग्रे सवारी साधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा सम्झौता भएको हो ।
देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुइ पांग्रे सवारी उत्पादन गर्न यो सम्झौता भएको हो ।
देशकै प्रतिष्ठित ब्राण्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आवद्ध रहेको छ । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री, नेपाली युवाहरुको बीचमा चर्चित ब्राण्ड हो । यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुइ पांग्रे उत्पादन उद्योगमा कोशे दुङ्गे साबित भएको छ ।
भविष्यमुखी सोच एवं आधुनिक प्रविधिलाई आत्मासात गर्दै देशमा वातावरण मैत्री यातायात प्रणाली विकास एवं विस्तार गर्नुका साथै नेपाली युवा व्यवसायिलाई प्रोत्साहन गर्नका लागि यो सम्झौता प्रभावकारी हुने विश्वास दुवै पक्षले लिएको छ ।
FACEBOOK COMMENTS