काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले बिमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
कम्पनीले असार २० गते बिहीबार उक्त योजना सार्वजनिक गरेको हो । आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बिमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ६० वर्षसम्म रहेको, बिमा अवधि न्यूनतम ५ वर्षदेखि २० वर्षसम्मको रहेको र बिमाङ्क रकम न्यूनतम १० हजारबाट नै बिमालेख लिन सकिने प्रावधान रहेको कम्पनीले जनाएको छ ।
बिमाशुल्क बापत न्यून रकम बुझाई बिमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने, अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बिमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने कम्पनीको भनाई छ ।
FACEBOOK COMMENTS