काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको कारोबारको पहिलो दिन आज १७ दशमलव १८ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार २ सय ४० दशमलव ४१ विन्दुमा पुगेको छ । आज ३ सय २२ कम्पनीको २ करोड ५ लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ७६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ०१ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २६ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS