काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले मुनाफाको ३ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा छुट्याउनुपर्ने भएको छ ।
राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै आगामी तीन वर्र्षमा नाफाको ३ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
अहिले कोषमा मुनाफाको १ प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्र बैंकले आगामी ३ वर्षमा नाफाको ३ प्रतिशत छुट्याउन भनेको छ । जसमा २०८२ असारमा मुनाफाको १.५ प्रतिशत, २०८३ असार मसान्तमा २ प्रतिशत र २०८४ असार मसान्तमा ३ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत कोषमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS