काठमाडौं । शेयरबजारमा आज दोहोरो अङ्कको करेक्सन आएको छ ।
मौद्रिक नीतिपछि खुलेको पहिलो दिन हिजो आइतबार ११३ अङ्कले बढेको बजारमा आज २०.२४ अङ्कको करेक्सन आएको हो । योसँगै नेप्से सूचक दुई हजार ६६१ दशमलव ०९ विन्दुमा रोकिएको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । आज १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । यो रकम करिब तीन वर्ष यताकै उच्च हो । यसअघि २०७८ भदौ ३ गतेको कुल कारोबार रकम २० अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
आज सोमबार ३२५ कम्पनीको चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर दुई लाख २२ हजार ६६० पटक किनबेच हुँदा कुल १९ अर्ब, ६० करोड, ९१ लाख ७७ हजार १०६ रुपैयाँ २९ पैसाको कारोबार भएको हो ।
१३ वटा मध्ये फाइनान्स र जलविद्युत्बाहेक सबै उपसूचक घटेका छन् । आइतबार करिब १० प्रतिशतले बढेको बैंकिङ समूहमा आज ०.०३ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS