काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक ३५.५५ अङ्कले बढेको छ ।
यो सँगै नेप्से दुई हजार ६९६.६५ विन्दूमा रोकिएको छ ।
आज ३२९ वटा कम्पनीको चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता शेयर दुई लाख ६ हजार ६४३ पटक खरिदबिक्री हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँ ९७ पैसाको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार २०.२४ अङ्कको करेक्सन आउँदा पनि १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो । हिजोको कारोबार रकम करिब तीन वर्ष यताकै उच्च थियो । यसअघि २०७८ भदौ ३ गतेको कुल कारोबार रकम २० अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
मौऽिक नीतिपछि खुलेको पहिलो दिन आइतबार ११३ अङ्कले बढेको बजारमा आज २०.२४ अङ्कको करेक्सन आएको थियो भने आज पुनः ३५.५५ अङ्कले बढेको हो ।
आज मंगलबार होटेल तथा पर्यटन समूहले सर्वाधिक ५.९९ प्रतिशत र फाइनान्स समूले ५.९८ प्रतिशतले मूल्य बढाएका छन् ।
नेप्सेमा दोहोरो अङ्कको करेक्सन, कारोबार रकम भने तीन वर्षयताकै उच्च
FACEBOOK COMMENTS