काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् ।
करिव २० वर्ष भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताउनु भएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।
नेपालमा उनी एक बैंकिङ्ग विज्ञको रुपमा परिचित छन् साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेशन विषयमा स्नातकोत्तर तह मा अध्ययन गरेका छन् ।
बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ।
FACEBOOK COMMENTS